• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा सडक पेटी बिगार्दा १५ हजार जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ । वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्‍याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘सडकपेटी पैदल यात्रुहरुको लागि हो, यसमा कुनैपनि किसिमको अवरोध, अड्चन गर्न पाइँदैन । त्यस्तो थाहा पाएमा महानगरपालिकाले कारबाही गर्छ । महानगर प्रहरी नियमित अनुगमन मै हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖