काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको तेस्रो खेलमा हेमन्त धामीले डेब्यु गरेका छन् ।
यसअघि सूर्य तामाङ र रिजन ढकालले क्यानडाविरुद्ध नै डेब्यु गरेका थिए ।
सिरिजको अन्तिम खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले चार परिवर्तन गरेको छ ।
आज ओपनर आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई आराम दिइएको छ ।
