• Friday 9th of October 2026

ब्राजिल ओलम्पिकमा छनोट हुन असफल


  • धनकुटा खबर
  • .

काठमाडौं । ब्राजिल पेरिस ओलम्पिकमा छनोट हुन असफल भएको छ । साविक विजेता समेत रहेको ब्राजिल ओलम्पिकको पुरुष फुटबल विधामा छनोट हुन असफल भएको हो ।

अर्जेन्टिनासँग १–० को हार ब्यहोर्दै पेरिसमा यस वर्ष हुने ओलम्पिकमा ब्राजिल छनोट हुन असफल बनेको हो ।
ओलम्पिक फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यू–२३ टिमबाट लुसियानो गोन्डोले ७७ औं मिनेटमा विजयी गोल गरे ।

सन् २००४ पछि पहिलो पटक ब्राजिल छनोटमा असफल बनेको हो । ब्राजिलले ओलम्पिकमा लगातार तेस्रो स्वर्ण पदक जित्ने लक्ष्य लिएको थियो ।

ओलम्पिकका पछिल्ला चार संस्करणमा ब्राजिलले पदक जितेको छ । अर्जेन्टिनाले सन् २००४ र २००८ मा स्वर्ण पदक जितेको थियो । अर्जेन्टिनाले ५ अंक सहित छनोट सम्पन्न गरेको छ ।

अर्जेन्टिना भन्दा एक अंकले पछि रहेको पाराग्वेले आईतबार भेनेजोयलासँग खेल्नेछ, सोही खेलले ओलम्पिकमा छनोट हुने अर्को टोलीको टुङ्गो लाग्नेछ । ब्राजिलले ३ अंक सहित छनोट सकाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖