• Friday 9th of October 2026

लिग-२ का शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने


  • धनकुटा खबर
  • .

आइसिसी लिग-२ पर्सी बिहीबारदेखि नेपालमा सुरु हुँदैछ। सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।

यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

खेल तालिका
नेपाल भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ९
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन १३

लिग-२ खेल्ने टिमहरु
क्यानडा
नामिबिया
नेपाल
नेदरल्याण्ड्स
ओमान
स्कटल्याण्ड
संयुक्त अरब इमिरेट्स
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖