• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डोको निर्णायक गोलमा अल-नासर विजयी


  • धनकुटा खबर
  • .

क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले अल-नासरले एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा अल फेइहालाई पराजित गरेको छ ।

३९ वर्षीय खेलाडीले ८१ औँ मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो । मार्सेलो ब्रोजोविचसँग तालमेल मिलाउँदै रोनाल्डोले गोल गरेका थिए ।

यसअघिसम्म पोर्चुगलका कप्तानले खेलमा खासै योगदान गर्न सकिरहेका थिएनन् । तर, दोस्रो हाफपछि भने अल-नासरले खेलमा नियन्त्रण बनाउँदै गोलको अवसरहरू सिर्जना गर्न सुरु गरेको थियो । अन्ततः रोनाल्डोले गोल गर्दै टोलीलाई जीत दिलाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖