• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो ।

उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनी ३.१ ओभरमा व्यक्तिगत ८ रनमा एल्बीडब्लू आउट भए । अनिललाई पनि रुबेन ट्रम्पलम्यानले पवेलिएन फर्काए ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई पनि रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖