• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एकै ओभरमा सोमपालले लिए दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका थिए । उनले निकोलस डाविनलाई पनि १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖