• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सोमपाललाई तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।

सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट गरेका हुन् । यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेन र निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २४.१ ओभरमा ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।

नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖