काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । यो हारसँग त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जितयात्रा टुंगिएको छ ।
नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको थिएन। सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएयता कीर्तिपुर मैदानमा भएका सबै १५ खेल जितेको थियो ।
यूएईसँगको तीन खेलको शृंखला नेपालले पहिलो खेल हारेर पनि लगातार दुई खेल जित्दै हात पारेको थियो ।
नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३।१ अोभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो ।
