• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नामिबियासँग पराजित भएपछि के भन्छन् नेपालका प्रशिक्षक र कप्तान?


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाईले नेपाल बलियो भएर आउने बताएका छन्।

उनले आजको हारबाट टिमले धेरै कुरा सिक्नुपर्ने समेत बताए।

‘यो हार हाम्रो लागि अवसर हो। यसले सिक्न र अघि बढ्न सिकाउँछ। हार्दा पनि हामीले आफ्नो भावना कसरी नियन्त्रण गर्छौं भन्ने महत्वपूर्ण हुन्छ,’ देसाईले भने।

उनले नेपालले पहिलो दश ओभरमा दबाब झेल्न नसकेको पनि बताए।

‘पहिलो १० ओभरमा हामीमाथि दबाब थियो। हामीले छिट्टै विकेट गुमायौं। पावरप्लेमा ४ विकेट गुमाउनु नराम्रो भयो। हामीले राम्रो साझेदारी गर्नुपर्थ्यो। कुशल मल्ल र भीम सार्कीको साझेदारीले केही राम्रो भयो,’ उनले भने, ‘खेल र परिस्थितिबाट हामी कसरी सचेत हुन्छौं भन्ने महत्वपूर्ण हुन्छ। हामीले यस बारेमा कुरा पनि गरेका थियौं। हारे हामी फेरि बलियो बनेर आउनेछौं।’

नेपालले २३० देखि २४० रनसम्मको योगफल बनाएको भए खेल राम्रो हुने उनको भनाइ छ।

नेपालका कप्तान रोहितकुमार पौडेलले नेपालका शीर्ष चार ब्याटर चल्न नसकेको कारण पराजित हुनु परेको बताए।

‘हामीले पहिलो ४५ मिनेट राम्रो ब्याटिङ गर्नुपर्थ्यो,त्यसो गर्न सकेनौं। हाम्रा सुरूआती चार ब्याटरले राम्रो खेल्न नसक्दा हामीले राम्रो गर्न सकनौं। एकदिवसीय खेलमा शीर्ष चार पाँच ब्याटर महत्वपूर्ण हुन्छ, यो पार्ट एकदम मिस भयो,’ कप्तान पौडेलले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖