• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दियो मलेसियालाई ११६ रनको मध्यम लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

मलेसियास्थित बायुएमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जोड्यो ।
यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।

आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖