• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदल्याण्ड्सविरुद्ध नेपाललाई पाँचौ सफलता


  • धनकुटा खबर
  • .

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पाँचौ सफलता पाएको छ ।

कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरेका हुन् ।

स्कट एडवार्ड्सले हानेको बल कुशलको हातमा लागेर स्टम्प ठल्न पुगेको थियो । त्यतिखेर क्रश थोरै अघि बढेको हुँदा रन आउट भए ।

यसअघि ललित राजवंशीले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड रन आउट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖