• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्डमाथि नेपालको चर्को दबाब, गुमायो सातौंं विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ५ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सले सातौं विकेट गुमाएको छ। पहिलो पावर प्लेमा दुई विकेट गुमाएको नेदरल्याण्डसले २९ औं ओभरसम्म पुग्दा सात विकेट गुमाइसकेको छ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७।२ ओभरमा शरिज हमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका छन्। यतिबेला नेदरल्याण्ड्सले ३० ओभरको समाप्तिमा सात विकेट गुमाएर १११ रन बनाएको छ।

यसअघि २६।३ ‌ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए। खाता नै खोल्न नसकेका वेस्ली ब्यारेसी रिभर स्वीप खेल्ने धुनमा आउट भए।

यसअघि ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरे। त्यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए। नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖