• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

लेवान्डोस्कीको २ गोलमा बार्सिलोना विजयी


  • धनकुटा खबर
  • .

एजेन्सी। रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ ।

सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।

४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो आसपासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको सातौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले तीन अंक जोडेको हो ।

जितपछि २५ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमै छ । सेल्टा २५ खेलबाट २० अंकसहित १७औं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले लस पलमसलाई ५-० ले पराजित गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖