• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्यानडा–११ सँगको अभ्यास खेलमा नेपाल ए को मध्यम प्रदर्शन, ६ विकेटमा १३७ रन


  • धनकुटा खबर
  • .

काठमाडौँ : तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले ६ विकेट गुमाएको छ। क्यानडा–११ सँग मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको नेपाल ए ले हालसम्म ३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १३७ रन जाडेको छ।

नेपालका लागि हाल मैदानमा विवेक यादव र बशिर अहमद खेलिरहेका छन्। मध्यम सुरुआत गरेको नेपालका लागि राशिद खान र सन्दिप जोराले पारी सम्हाल्दै सय रन कटाए। दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेल्न लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖