• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ए विरुद्ध क्यानडा दबाबमा


  • धनकुटा खबर
  • .

६ असोज, काठमाडौं । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले खराब सुरुवात गरेको छ ।

मुलपानीमा क्यानडाले ३.१ ओभरमै ९ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।

३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।

यसअघि प्रतिश जिसीले २.३ ‌ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका बसिर अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖