• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

जैशवालको कीर्तिमानी छक्का र दोहोरो शतकमा भारतले इंग्ल्यान्डलाई दियो बलियो लक्ष्य


  • धनकुटा खबर
  • .

तेस्रो टेस्टमा घरेलु टिम भारतले इंग्ल्यान्डलाई ५५७ रनको विशाल लक्ष्य दिएको छ। दोस्रो इनिङ्ग्समा भारतले ४ विकेटको क्षतिमा ४३० रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको हो।

भारतका लागि यसश्वी जैसवालले नटआउट २१४ रन जोडे। दोस्रो दोहोरो शतक बनाउन २३६ बलमा १४ चौका र १२ छक्का प्रहार गरे।

१२ छक्का प्रहार गरेसँगै उनले विश्व कीर्तिमान बराबरी गरे। उनले टेस्टको एकै इनिङग्समा सर्वाधिक छक्काको कीर्तिमान बराबरी गरेका हुन्।

यसअघि पाकिस्तानका वासिम अक्रमले पनि सन् १९९६ मा जिम्बावेविरुद्ध टेस्टको एकै इनिङ्ग्समा १२ छक्का प्रहार गरेका हुन्।

जैशवालसँगै भारतका लागि शुभमन गिलले ९१ रन र सर्फराज खानले नटआउट ६८ रन जोडे।

यसअघि पहिलो इनिङ्ग्समा भारतले ४४५ रन र इंग्ल्यान्डले ३१९ रन जोडेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖