ढाका । बंगलादेश प्रिमियर लिगको अभ्यासका क्रममा बलले लागेर क्रिकेटर मुस्ताफिजुर रहमानको टाउकोमा गम्भिर चोट लागेको छ । उनलाई चटगाउँ अस्पतालमा भर्ना गरिएको छ ।
टाउकोको सीटी स्क्यान हेरेपछि चिकित्सकले चिन्ता लिनुपर्ने कुरा भने नभएको बताएका छन् । यस वर्षदेखि मुस्ताफिजुर रहमान बीपीएल प्रतियोगितामा कमेलिया भिक्टोरियन्सबाट खेल्दैछन्।
आइतबार चटगाउँको जहुर अहमद चौधरी रंगशालामा नेट अभ्यास गर्ने क्रममा उनी घाइते भएका थिए । क्यामेलिया भिक्टोरियन्सका फिजियो एसएम जाहिदुलले एक विज्ञप्ति जारी गर्दै सीटी स्क्यानमा आन्तरिक रक्तश्रावको कुनै लक्षण नदेखिएको बताए ।
