• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरुद्ध बिर्सनलायक बलिङ गरेका आर्यनको नामिबियाविरुद्ध ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् ।

चोभार एन्डबाट आएका लेग स्पिनर उनले पाँच विकेट लिंदै टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिवियालाई दयनीय अवस्थामा पुर्‍याएका छन् ।

उनले टियुको बिहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेलनलाई ४ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे । ११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए ।

एक समय ७.२ ओभरमा २०-० को अवस्थामा पुगेको नामिबिया १३ ओभरमा ४४-६ को दयनीय अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖