• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप लिग–२ : नामिबियाको हारले नेपाल शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

घरेलु टोली नेपाल आईसीसी विश्वकप लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

सोमबार भएको खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा तिनै टोलीले एक खेलमा जित र एक खेलमा हार भोगेका छन्।

सिरिजमा तिनै टोलीले समान एक खेलमा जित निकाल्दै २ अंक जोडेपनि नेपाल नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो।

नेपालको नेट रनरेट शुन्य दशमलव ९२० रहेको छ। दोस्रो स्थानमा रहेको नामिबियाको भने माइनस शून्य दशमलव २२० छ।

तेस्रो स्थानमा रहेको नेदरल्यान्डस्को भने माइनस शुन्य दशमलव ६६६ रहेको छ।

नेपालले सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार भोगेको थियो।

उता नेदरल्यान्ड्सले भने नामिबियालाई ७ विकेटले हराएको छ।

सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार नामिबियासँग खेल्नेछ। अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖