• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ र क्यानडा ११ को दोस्रो एक दिवसीय खेल आज


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने छ ।

तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च बलियो बनाउने लक्ष्यका साथ नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक ‘ए’ टिम बनाएको हो ।

नेपालको सिनियर टिमविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेलेको क्यानडाले नेपालको ‘ए’ टिमविरुद्ध क्यानडा ११ को टोली बनाएर तीन खेलकै एक दिवसीय सिरिज खेलेको हो । क्यानडा ११ मंगलबार पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने प्रयासमा हुँदा नेपालको ‘ए’ टिम पनि जित निकाल्दै सिरिजमा कमब्याक गर्ने लक्ष्यमा हुने छ । तेस्रो एक दिवसीय भने बिहीबार हुने छ ।

यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपाल ‘ए’ टीम मा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ‘ए’ टिममा प्रशिक्षकको भूमिकामा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖