• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले भारतको घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार चैत १८ गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिता खेलिन लागेको हो ।

फ्रेन्डसीप कप नाम दिइएको शृङ्खलामा नेपालले गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक शृङ्खलाले नेपाली टोलीको वृत्ति विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖