• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

वाफ वुमन्स च्याम्पियनसिपमा आज नेपाल र सिरिया भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ ।

वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज समूह बी मा रहेको नेपालले सिरियासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖