क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले टोलीमा दुई परिवर्तन गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।
नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् ।
पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो ।
खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।
नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल
बेन्च : सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी
क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, ओमार खालिद
बेन्च: दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि
