• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ ले टस जित्यो, पहिला बलिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल ए ले क्यानडा-११ विरुद्धको दोस्रो खेलमा टस जितेको छ। नेपाल ए टिमका लागि आजको खेलमा कप्तानी गरिरहेका सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै मुलपानी क्रिकेट मैदानमा हुने यस खेलमा क्यानडा- ११ ले पहिला ब्याटिंग गर्ने भएको छ।

आजको खेलमा कप्तान विनोद भण्डारीको ठाँउमा सन्दीप जोराले कप्तानी गरेका छन्। भण्डारी विरामी भएका कारण जोरालाई आज कप्तानीको जिम्मेवारी दिइएको हो।

त्यस्तै आज विनोद भण्डारी र प्रतिस जिसीको ठाउमा शेर मल्ल र रिजन ढकाललाई टिममा समावेश गरिएको छ। यस अघि आइतबार सम्पन्न पहिलो खेलमा क्यानडा-११ ४ विकेटले विजयी भएको थियो। यस खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ।

नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖