• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सागर र साहबले लिए आक्रामक ब्याटिङ गरिरहेका जोनसन र किर्तोनको विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ फागुन । नेपालको ए टिसँग प्रतिस्पर्धा गरिरहेको क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमाएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको क्यानडा ११ ले पहिलो विकेटका रुपमा आरोन जोनसोनलाई गुमाएको हो ।

१३।३ अ‍ोभरमा उनी सागर ढकालको बलमा आउट भए । उनले ३५ रन जोडेका थिए । त्यस्तै ७ रन जोडेका निकोलस किर्तोन साहब आलमको बलमा आउट भएका छन् । उनी साहब आलमको बलमा ब्याट घुमाएका किर्तोन मिस भएपछि क्लिन बोल्ड भएका हुन्

ताजा अवस्थामा क्यानडा-११ ले १ विकेट गुमाएर ७८ रन जोडेको छ ।

यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖