• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल र भारतबीच मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली क्रिकेट टोलीले भारतका दुई घरेलु टोली गुजरात र बरोडासँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।

क्यानका अनुसार गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले आयोजना गर्ने मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई खेल्न निम्तो दिएको हो। चैत्र १७ अर्थात् (३१ मार्च) देखि सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा खेलाइनेछ।

नेपालले आफ्नो पहिलो खेल चैत्र १८ (मार्च ३१) मा गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत्र २० (अप्रिल २) मा बरोडासँग खेल्नेछ। यस्तै चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग तेस्रो खेल खेल्ने नेपालले अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ। सिरिजको फाइनल खेल चैत्र २५ (अप्रिल ७) मा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖