• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एम्बाप्पे रियल म्याड्रिडमा आवद्ध


  • धनकुटा खबर
  • .

हेटौंडा । फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएको खबर बाहिरिएको छ ।

सन् २०१८ बाट फ्रान्सको पीएसजीबाट व्यवसायिक फुटबल खेलिरहेका एम्बाप्पे आउँदो सिजनबाट स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आवद्ध भएको चर्चित पत्रिका द मिररले जनाएको छ ।

२५ वर्षीय स्टार एम्बाप्पे आफ्नो ड्रीम क्लब म्याड्रिडमा जाने सम्झौता भए पनि कति रकममा सम्झौता भएको हालसम्म खुलासा भएको छैन ।

एमबाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेको द मिररले जनाएको छ ।

एम्बाप्पेले पीएसजीको लागि हालसम्म २९० खेलमा २४३ गोल गरेका छन् । फ्रान्सले सन् २०१८ मा विश्वकप फुटबलको उपाधि जित्दा एम्बाप्पे महत्वपूर्ण खेलाडी थिए । एम्बाप्पे हाल फ्रान्स फुटबलका कप्तानसमेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖