• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।

केही बेरअघि शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖