राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ बुबा बनेका छन्।
उनकी पत्नी कञ्चन निरौलाले छोरालाई जन्म दिएका छिन्।
शुक्रबार सामाजिक सञ्जालमा किरणले तस्बिर राख्दै आफूहरूलाई पुत्र लाभ भएको जानकारी दिएका छन्।
उनले माया र आशीर्वादको लागि सबैलाई धन्यवाद दिँदै आफूहरूको खुसी संसारमा आएको बताएका छन्।
