काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्समाथि नामिबियाले २४ रनको रोमाञ्चक जित निकालेको छ ।
नेदरल्यान्ड्सले नामिबियाले दिएको २०४ रनको लक्ष्य पुरा गर्न सकेन । नेदरल्यान्ड्सले ४३.४ ओभरमा अलआउट हुँदै १७९ रन मात्रै जोड्न सक्यो ।
मैदान गिलो भएका कारण ४५ ओभरमा झारिएको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भएको थियो ।
सिरिजमा आइतबार नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम खेल हुनेछ ।
