• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जीतको खुसीयाली मनाउने क्रममा हृदयाघात, क्रिकेटरको निधन


  • धनकुटा खबर
  • .

बैग्लुरु । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयाघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसालाको ३४ वर्षको उमेरमा निधन भएको छ । यो घटना बिहीबारको हो ।

एजिस साउथ जोन प्रतियोगिताअन्तर्गत बिहीबार बैंग्लुरुको आरएसआई ग्राउन्डमा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो। यो खेलमा कर्नाटकको टोली विजयी भएको थियो । त्यसलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसाला मैदानमै बेहोस भए । तत्काल आकस्मिक उपचार गर्न डाक्टरहरू पुगेका थिए तर उनको शरीरले प्रतिक्रिया गर्न छोडेको थियो।

त्यसपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले होयशालालाई मृत घोषणा गरेका थिए । मृत्युको कारण हृदयाघात भएको चिकित्सकहरूले बताएका छन् ।

कर्नाटक सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री दिनेश गुन्डु रावले सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै भनेका छन्, ‘एजिस साउथ जोन टूर्नामेन्टका क्रममा कर्नाटकका क्रिकेटर फास्ट बलर के होयसालाको निधन भएकोमा दुःख लागेको छ। दुःखको यस घडीमा उहाँको परिवार र आफन्तजनमा मेरो हार्दिक समवेदना छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖