• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतसँगको चौथो टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड ३ सय ५३ रनमा अलआउट


  • धनकुटा खबर
  • .

काठमाण्डौ – भारतसँगको चौथो टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड ३ सय ५३ रनमा अलआउट भएको छ ।

राँचीमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड आज दोस्रो दिनको पहिलो सेसनमै ३ सय ५३ रन बनाउदा अलआउट भयो । उसका जोए रुट एक सय २२ रनमा अविजित रहे । टेस्ट क्रिकेटमा रुटको यो ३१ औँ शतक हो ।

त्यस्तै ओल्ली रविन्सनले ५८ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ तथा आकाश दिपले ३ विकेट लिए । त्यस्तै मोहम्मद सिराजले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए ।

भारतले आजै आफ्नो पारी शुरु गरेको छ। ५ टेस्टको शृङ्लामा भारत २–१ ले अगाडि छ । ताजा अवस्थामा खाना समयसम्म भारतले एक विकेट गुमाएर ३४ रन बनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖