• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन


  • धनकुटा खबर
  • .

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖