• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मुद्दा मिलाइदिने भन्दै घुस लिएका सई र हबल्दार भ्रष्टाचारी ठहर, गए थुनामा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका दुई कर्मचारी घुस लिएको मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दाको बिशेष अदालतले शुक्रबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।

बर्दियाको मैनापोखरस्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक (सई) पवन साउद दोषी ठहर भएका हुन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए ।

लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए । मुद्दा दायर भएको दुई महिनामै बिशेषले फैसला सुनाएको हो ।

त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानिलकण्ठका बरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् ।

उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि सहजीकरण गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।

दोषी ठहरसँगै उनीहरुलाई कारागार पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖