• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टी-२० सिरिजका लागि नेपाली टोली घोषणा, ए टिमका ६ खेलाडी समावेश


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले टिम घोषणा गरेको छ ।

टी-२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ । लिग टु खेलेको टिमका १५ मध्ये ११ जना यथावत छ ।

लिग २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ बाहिरिएका छन् ।

नेपाल ए टिमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी, रासिद खान र सागर ढकाल टी-२० टिममा समावेश भएका हुन् ।

यस्तै टी-२० मा विशेषज्ञ बलरको रुपमा रहेका अविनाश बोहरा पनि टी-२० सिरिजमा टिममा समेटिएका छन् ।

टी-२० सिरिजका लागि घोषित १८ सदस्यीय टोलीमा १४ जना आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलेका टिमकै खेलाडी छन् ।

नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी-२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ । नेपालले टी-२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖