• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अस्पतालको शय्यामा नवजात शिशु छाडेर आमा र आफन्त सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाण्डाै – वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनका अनुसार छोरी जन्मेपछि उनलाई अस्पतालको शय्यामै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् । अस्पताल प्रशासनका अनुसार नवजात शिशुलाई एनआईसियू वार्डमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ ।

नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर थियो । पर्सा प्रहरीका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ ।

प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना नै गलत टिपाएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖