• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ट्यांकरले ठक्कर दिँदा स्कुटरमा कलेज जाँदै गरेका युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानोगाउँमा सोमबार बिहान ट्यांकरले स्कुटीलाई ठक्कर दिएको छ ।

बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतक राई स्कुटर चालक रहेको एसपी सुवेदीकाअनुसार स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो। उनलाई साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक राई महालक्ष्मी नगरपालिका, शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेका थिए। ठक्कर दिने ट्यांकर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖