• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

३१ थान मोबाइल र २ लाख रुपैयाँ ठगेको आरोपमा दुई जना प्रहरी पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट । सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा बहालवाला एक जना प्रहरी सहायक हवलदार र एक जना प्रहरी जवान पक्राउ परेका छन्।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा दुवै जनाविरुद्ध आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले जानकारी दिए ।

आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले बताए

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाउँपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एक जना व्यापारीसँग गत ८ गते विभिन्न ब्रान्डको ३१ थान मोबाइल खरिद गरेका थिए।

पछि मोबाइल फिर्ता गर्ने भनेर व्यापारीसँग दुई लाख रुपैयाँ समेत लिएर पटक पटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले गत १३ गते उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

उजुरी पछि सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनीहरूकै बयानको आधारमा सोही दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटीको उत्तर पोखरीको डिलस्थित झाडीमा ३१ थान मोबाइल र दुई लाख मध्ये ९५ हजार रुपैयाँ बरामद भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖