• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

वडाध्यक्षले लगाए नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला


  • धनकुटा खबर
  • .

बुटवल । एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै देवदह नगरपालिकाका-७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।

नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।

सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमानेको, शिक्षक तथा कर्मचारी नियुक्ति अपारदर्शी भएको, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराएको पनि वडाध्यक्षहरुले बताएका छन् ।

नगर स्तरीय खेलकुद समिति गठन प्रक्रियामा बहुमतबाट निर्णय गरिएको, उपभोक्ता समितिलाई काम गरिसक्दा पनि भुक्तानी लिन पटक पटक धाउन बाध्य पारिएको, कोरम नपुग्दा नपुग्दै घर घरमा हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरिएको, कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शीर्षकमा रकम बाँडेको वडाध्यक्षहरुको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖