• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

इजाजत बिना अस्पताल खोलेर शल्यक्रिया गर्ने तीनजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । योग्यता र इजाजत बिना अस्पताल खोलेर शल्यक्रिया गर्ने दुई भारतीयसहित तीन जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका–१४ खैरवा बस्ने ४५ बर्षीय हसिंन अख्तर, सोही ठाउँका २७ वर्षीय मोहम्द तबरेज आलम र रौतहट यमुनामाई गाउँपालिका–२ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी छन् ।

तीनै जनाले यमुनामाई गाउँपालिका–१ सुकदेव चौकमा सगरमाथा तराई हस्पिटल प्रा.लि. सञ्चालन गरी शिरामीहरुको एपेन्डिस, पायल्स, युट्रेसलगायत शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ।

योग्यता र इजाजत बिना अस्पताल सञ्चालन गरि उपचार गर्दै आएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमनको क्रममा उनीहरुले बिना इजाजत शल्यक्रिया गरेको पाइएको हो ।

तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖