• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

जब चालक बिनै गुड्न थाल्यो रेल…


  • धनकुटा खबर
  • .

भारतको जम्मु काश्मिरमा चालक बिनै एउटा रेल गुडेर पञ्जाबको एउटा गाउँ पुगेको छ। पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा उक्त रेलको भिडियो भाइरल बनिरहेको छ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिय (पीटिआई) का अनुसार जम्मु काश्मिरको कठुआबाट पञ्जाबको होशियारपुर करिब ८० किलोमिटर उक्त रेल बिना चालककै गुडेर पुगेको हो। यो आइतवार बिहान ७ः२५ देखि ९ बजेसम्मको समयमा यो घटना भएको बताइएको छ।

५३ वटा डिब्बा रहेको उक्त मालबाहक रेलमा ढुङ्गाहरू लोड गरिएको अधिकारीहरूले बताएका छन्।

कठुआमा चालक परिवर्तनका लागि रेल रोकिएको थियो। तर, रेलमा चालक चढ्न नपाउँदै रेल गुडेको बताइएको छ।

तीव्र गतिमा गुड्न थालेको रेल ८० किलोमिटरको दुरी पार गर्दै पञ्जाबको उँची बस्सी रेलवे स्टेशन नजिकैको उचाइँमा आफैँ रोकिएको अधिकारीहरूले बताएका छन्। घटनामा कुनैपनि किसिमको मानवीय क्षति भने हुनबाट जोगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖