• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यसरी वडा अध्यक्षहरूले कुटे प्रमुख प्रशासकीय अधिकृतलाई


  • धनकुटा खबर
  • .

बुटवल । देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्। सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्।

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगरप्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफासमेत तोडफोड गरिएको छ।

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा सात वटाका वडाध्यक्षहरूले आपत्ति जनाए। कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह-७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन्।

संयोजक नगरप्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगरप्रवक्ता डुम्रेले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖