• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको संख्या दुई पुग्यो


  • धनकुटा खबर
  • .

बारा । बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको मृत्यु भएको हो ।

निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो ।

वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशम र जैसवालसहित पाँच जना घाइते भएका थिए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖