काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले १५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ ।
नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगर ४४ र पाँचौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन १७ बलमा चार छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउँदै क्रिजमा छन् । नामिबियाको रन रेट ८.८६ रहेको छ ।
