• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

फर्जी हाजिरी गरेर १ लाख तलब लिने प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

अख्तियारले विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा प्रधानाध्यापक धनीलालसहित ​भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖