• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकललाई स्कार्पियोको ठक्कर, जन्तीमा गएका दुई युवकको निधन


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटका दुई जना युवकको गएराति सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट माधवनारायण नगरपालिका ८ बस्ने २० वर्षीय अजय महतो र वडा नं. ६ बस्ने २४ वर्षीय सियानन्द महतो रहेका छन् ।

उनीहरुको उपचारको क्रममा गएराति १२ बजे वीरगंज हेल्थकेयरमा निधन भएको हो । रौतहटबाट मोटरसाइकलमा सर्लाही गइरहेका बेला भारतीय नम्बरको स्कार्पियोले ठक्कर दिएर भागेको थियो ।

पर्सा प्रहरीका अनुसार दुर्घटनापछि सर्लाहीको मलङ्गवास्थित सरकारी अस्पतालमा प्रँरम्भिक उपचारपछि वीरगंज हेल्थकेयर अस्पतालमा ल्याइएको थियो । आकस्मिक उपचार भइरहेको केहि बेरमैं दुवै युवकको निधन भएको थियो ।

पर्सा प्रहरीले मुचुल्का उठाइ नारायणी अस्पतालमा शल्यपरीक्षण गरी सदगतको लागि परिवारको जिम्मा लगाएको छ । फरार भएको भारतीय स्कार्पियो खोजबिन गर्न रौतहट प्रहरीलाई दुवै मृतकका परिवारजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖