काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८.१ ओभरमा ओपनर आसिफ सेखलाई गुमाएको हो । आसिफले नेपाली टिमको खातामा ३४ रन थपे ।
जारी खेलको नौ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ६६ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
