• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अर्धशतक बनाएर आउट भए कप्तान पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्।

उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन्। अर्धशतक प्रार गरे लगत्तै रोहित आउट भए।

रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। चार विकेट गुमाइसकेको नेपालका लागि कुशल मल्ल ११ रनमा आउट भए।

त्यसअघि ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए।

नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖