• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली फुटबलर भविष्य खोज्दै : डिफेन्डर विकास खवास पनि गए अस्ट्रेलिया


  • धनकुटा खबर
  • .

डिफेन्डर विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन्। पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया पलायन भइरहेको बेला विकास पनि अस्ट्रेलिया गएका हुन्।

नेपाली राष्ट्रिय टिमबाट सन् २०२० मा बंगालदेशविरुद्ध खेलेर डेब्यू गरेका विकासले चार क्याप जितेका छन्।

सन् २०१९ मा घरेलु मैदानमा भएको साग गेम्समा नेपालले फुटबलबाट स्वर्ण जित्दा विकासको महत्वपूर्ण भूमिका थियो। सागमा यू-२३ टिमबीच प्रतिस्पर्धा हुन्छ।

राइट ब्याक विकास घरेलु फुटबलमा भने त्रिभुवन आर्मी क्लबसँग आबद्ध थिए।

मोरङका विकासले नेपालको यू-१६, यू-१९ र यू-२३ गरेर सबै उमेर समूहको टिमबाट समेत खेलेका थिए।

पछिल्लो दुई वर्षमा नेपाली टिमबाट खेलेका दुई दर्जन खेलाडीसहित सयभन्दा बढी राष्ट्रिय फुटबलर अस्ट्रेलिया पुगिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖